आजबाट डीभी  भर्न सकिने, यस्ता छन् नियमहरु

Advertisement

काठमाडौं।  सन् २०२० को अमेरिकी डाइभर्सिटी भिसा (डीभी) कार्यक्रमको लागि आवेदन आजदेखि खुलेको छ।  अाज अक्टोबर ३, २०१८ अर्थात   (२०७५ असोज १७) बाट सुरु हुने आवेदनमा  नोभेम्बर ६, २०१८ अर्थात  (२०७५ कात्तिक २०) सम्म आवेदन गर्न सकिने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।

अमेरिकी दूतावासले आवेदकले आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिन्छ । आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्नुहोला । सहयोग जसले उपलब्ध गराए तापनि आफ्नो आवेदनका लागि तपाईं स्वयम् जिम्मेवार रहनुहुनेछ ।
एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू चिट्ठाका लागि अयोग्य ठहरिने समेत वक्तव्यमा उल्लेख छ ।

अघिल्लो वर्षको डिभी आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गरेमा पनि अयोग्य ठहरिने जनाउँदै दूतावासले फोटोसम्बन्धी नियमहरू कडाइका साथ पालना गर्नुपर्ने र प्रत्येक फोटो आफ्नो आवेदनमा समावेश भएका सही व्यक्तिहरूसँग मेल खाने गरी पेश गर्नुपर्ने जनाइएको छ ।

फोटो खिच्दा आवेदकहरूले चश्मा वा टोपी लगाउनु नहुने समेत वक्तव्यमा उल्लेख छ । यसको नतिजा २०७६ वैशाख २४ मा आफ्नो कन्फर्मेसन नम्बरमार्फत हेर्न सकिने दूतावासले जनाएको छ ।

 

Advertisement

Advertisement

Advertisement