सिद्धार्थ गौतमको बाटो पछ्याउँदै ‘लुम्बिनी शान्ति म्याराथन’ बोधगया जाने 

Advertisement

काठमाडौं । लुम्बिनीमा वार्षिक रुपमा आयोजना हुनेगरेको ‘लुम्बिनी शान्ति म्याराथन’ सन् २०२० मा भगवान बुद्धले बुद्धत्व प्राप्त गरेको स्थल बोधगया जानेभएको छ । बोधगयामा यो म्याराथन ‘बोधगया एनलाइटेनमेन्ट म्याराथन’ को रुपमा सेप्टेम्बर महिनाको पूर्णिमाको दिन आयोजना हुनेछ ।

उक्त म्याराथनको घोषणा लुम्बिनी शान्ति म्याराथनका परिकल्पनाकर बिक्रम पाँडेकाजीले गत साता भारतको नयाँदिल्लीमा आयोजित ’ग्लोबल रिलिजियस टुरिजम डाइलग’ मा सम्बोधन गर्ने क्रममा गरेकाहुन् ।

“लुम्बिनी शान्ति म्याराथनको तीन संस्करण सफलतापूर्वक संचालन हुँदै गर्दा यो शान्ति म्याराथन बोधगया प।वेश गर्नलागेको हो । इसापुर्ब तेस्रो शताब्दिमा राजकुमार सिद्धार्थ गौतमले आफ्नो दरबारको राजकीय जीवन परित्याग गरेर मुक्तिको खोजिमा बोधगया गएकै झल्को आउने गरि ’भगवान बुद्धको पाइला पछ्याउंदै’ संदेश दिन यो म्याराथन आयोजना गर्न लागिएको हो,’ पाँडेकाजीले बताए । ‘बोधगयाले बुद्धत्वको जन्म गरायो भने, लुम्बिनीमा आधात्मिक खेलको जन्म भएको, जसबाट लुम्बिनी शान्ति म्याराथनले बोधगयामा आध्यात्मिक खेलको प्रवेश गराउन लागेको हो ।’

कार्यक्रममा बोल्दै भारतीय पर्यटनमन्त्रि अल्फोन्स कन्नाथानम् ले बोधगया म्याराथन मार्फत बोधगयालाइ लुम्बिनीसंग जोड्ने अवधारणाबाट आफु प्रभावित भएको बताए । हामि तपाईंसंग यो प्रोजेक्टमा काम गर्न इच्छुक छौं, भन्दै पाँडेकाजीलाइ आफ्नो प्रतिबद्धता जनाए ।

भारत सरकारले नै आध्यात्मिक खेल गतिबिधिबाट यस प्रकारको सहकार्यलाइ सघाउने कुरा गर्नु हाम्रो लागि अत्यन्त ठुलो र खुशीको समाचार भएको जनाइएको छ ।
म्याराथनको रुट बोधगयाको विभिन्न बौद्ध सम्पदास्थललाइ जोड्दै प्रचारमा ल्याई त्यसबाट स्थानीय समुदायलाई समेत पर्यटनको माध्यमबाट आय आर्जन हुनसक्नेगरि डिजाइन गरिएको छ ।

म्याराथनमा दुइ विधा रहनेछन् – ४२.१९५ किलोमिटरको ओलम्पिक स्तरको फुल म्याराथन र २१ किलोमिटरको हाफ म्याराथन । बोधगयामा आयोजना गरिन लागेको पहिलो आध्यात्मिक खेल गतिबिधि भएको हुँदा भारत लगायत विश्वको बिभिन्न देशका धावकहरु सहभागी हुने हामीले बिश्वास लिएकाछौं, लुम्बिनी शान्ति म्याराथनका प।वक्ता दिपक राइले बताए ।

म्याराथन ट्रेलले बोधगयाका बौद्ध सम्पदास्थल जस्तै ८२ फिटको बुद्ध मुर्ति, माहाकाला गुफा, सेनानी गाउँ, सुजाता मन्दिर, माहाबोधि स्तुप लगायतलाइ समेट्नेछ ।
’बोधगया एनलाइटनमेन्ट म्याराथन’ पूर्ण रुपमा स्थापित भएपछी भगवान बुद्धको जीवनसंग जोडिएको महत्वपूर्ण स्थल सारनाथ र कुशीनगर र कालिंगा, जहाँ सम।ाट अशोक रक्तापातपूर्ण कालिंगा युद्धपछी हिंसा छोडेर बौद्धमार्गी भएका थिए, मा पनि यस्तै म्याराथन आयोजना गरिने सोच राखिएको छ, राइले बताए ।

स्मरण रहोस् बौद्धमार्गी भएपछी सम।ाट अशोकले लुम्बिनी, कपिलवस्तु, गोटिहवा र नीग्लीहवा भ।मण गरे ति स्थलहरुमा आफ्नो स्तम्भ खडा गरि बौद्ध धर्म प्रचार गरे । उनि काठमान्डौ उपत्यका पनि आएको ऐतिहासिक सम्पदाहरु जस्तै पाटनका चार अशोक स्तुप र चाबहिलको चारुमती बिहारले प्रमाणित गर्छ ।

Advertisement

Advertisement

Advertisement