बिहान उठ्नेबित्तिकै गर्नै नहुने यी गल्तीहरु

Advertisement

एजेन्सी । दैनिकीलाई राम्रो बनाउन दिनको सुरुवातले ठूलो भूमिका खेलिरहेको हुन्छ । दिनभर ऊर्जाशील हुन दिनको सुरुवात पनि स्वस्थकर हुन जरुरी हुन्छ । बिहान गर्ने गलत कामले पूरा दिनलाई नै खराब गर्छ । बिहानको समय गरेका गल्तीको सीधा असर हाम्रो जीवनशैलीमा पर्ने गर्छ । यस्तो गतिविधिमा विशेष ख्याल गर्नुपर्छ । त्यसैले बिहान उठ्नेबित्तिकै यस्ता गल्ती कहिल्यै गर्नुहुँदैन ?

१) उठ्नेबित्तिकै काम गर्नु - प्रायः मानिस उठ्नेबित्तिकै आफ्नो काममा लाग्ने गर्छन् । किनकि, उनीहरूलाई समय छोटो या कमजस्तो लाग्छ । जुन निकै गलत गतिविधि हो । छिटोछिटो काम गर्नु त अझ हानिकारक हुन्छ । जब बिहान आँखा खुल्छ, त्यसपछि केही बेर रिल्याक्स रहनुपर्छ । त्यसपछि मात्र दायाँ–बायाँ गर्दै उठ्नुपर्छ । यसो गर्दा शरीरमा सन्तुलित तरिकाले ऊर्जाको सञ्चार हुन्छ ।

२) मोबाइलको प्रयोग - पछिल्लो समय मानिस उठ्नेबित्तिकै स्मार्टफोनमा झुन्डिने गर्छन् । यस्तो गतिविधि धेरै मानिसको लाइफस्टाइल नै बनिसकेको छ । उठ्नेबित्तिकै कतिपय लामो समय सामाजिक सञ्जालमा व्यस्त रहन्छन् भने कतिपयले ह्वाट्सएपको म्यासेज, मेल आदि परीक्षण गर्छन् । यस्तो गतिविधिले लाइफस्टाइलमा नकारात्मक असर पु(याउँछ । यस्तो गर्दा स्ट्रेस त बढ्छ नै, साथै हाम्रो आँखाको स्वास्थ्यमा पनि नराम्रो गरी असर पु(याउँछ ।

३) एकै प्रकारको व्यायाम - बिहान उठेपछि प्रायः मानिस योग या एक्सरसाइज त गर्छन् तर धेरैले एउटै प्रकृतिको एक्सरसाइजलाई दैनिक रूपमा दोहो(याउने गर्छन् । कहिल्यै पनि यसरी एक्सरसाइज दोहो(याउनु हुँदैन । किनभने, शरीरको एउटा भागमा केन्द्रित रहेको एकै प्रकारको एक्सरसाइज र योगाले सम्बन्धित अंगमा अतिरिक्त चाप पर्न जान्छ । जुन स्वास्थ्यका लागि स्वस्थकर हुँदैन । त्यसैले दैनिक फरक–फरक प्रकारका योग वा व्यायामको आवश्यकता हुन्छ ।

Advertisement

Advertisement

Advertisement