बाग्मतीमा रोकिएपछि नारायणीमा दर्ता भएका मोटरसाइकलनै काठमाडौंमा बिक्रीे हुन थाले

Advertisement

काठमाडौं । तीन अंकको ‘लट नम्बर’ राख्ने कानुनी प्रावधानको अभावमा वाग्मती अञ्चलमा मोटरसाइकल र स्कुटरको दर्ता रोकिएपछि काठमाडौं उपत्यकामा नारायणी अञ्चलमा दर्ता भएका मोटरसाइकल र स्कुटर बिक्री गर्न थालिएको छ ।

दशैंको बेलामा नयाँ दुईपाँग्रे सवारी साधनको माग अरुबेलाभन्दा निकै बढि हुने हुँदा वाग्मतीमा यस्ता सवारीको दर्ता अबरुद्ध हुँदा वितरकहरुले नारायणीमा दर्ता भएका सवारीहरुनै काठमाडौंमा बेच्न थालेका हुन् ।

मोटरसाइकल र स्कुटरहरु विरगंज नाकाबाटनै आउने हुँदा अहिले नारायणीमानै दर्ता गरेर काठमाडौं ल्याइ बेच्ने गरेको होण्डाको अधिकृत बिक्रेता सेकार ट्रेडिङका सेल्स म्यानेजर दयाराम न्यौपानेले बताए ।

वर्षभरीमा बिक्रिहुने जम्मा दुईपाँग्रे सवारीको एक तिहाइ दशै लागायतको चाडपर्वको बेलामा मात्रै बिक्री हुने गरेकोमा बाग्मतीमा दर्ता रोकिदा बिक्रीमा नकारात्मक प्रभाव परेको न्यौपानेले बताए ।

‘कतिपए ग्राहकले पछि बाग्मतीमा दर्र्ता सारीदिने शर्तमा सवारी किने पनि अधिकांशले भने सरकारले दर्ता खुलाएपछि किनौंला भनेर पर्खेको छन् । यसले गर्दा अपेक्षा गरिएको भन्दा निक्कै कम मात्र मेटरसाइकल र स्कुटर बिक्रीभएका छन्,’ उनले भने ।

हाम्रोमात्र नभएर अन्य कम्पनीका वितरकहरुले पनि नारायणीमै दर्ता भएका दुइपाँग्रे सवारीहरुनै काठमाडैंमा बेच्न थालेका छन्, उनले भने ।

यातायात व्यवस्था विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले तीन अंकको लट नम्बर राखेर सवारी दर्ता गर्ने कानुनी प्रावधानको व्यवस्थाका लागी मन्त्रीपरिषदमा प्रस्ताव पुगेको र मन्त्रीपरिषदले निर्णय गरे पश्चात तत्काले दर्ता सुचारु हुने जानकारी गराए ।

Advertisement

Advertisement

Advertisement