पन्ध्र हजार घुससहित इलाका प्रहरी कार्यालयका इन्चार्ज इन्सपेक्टर पक्राउ

Advertisement

काठमाडौं । सुर्खेतको पञ्चपुरी नगरपालिका अन्तर्गत इलाका प्रहरी कार्यालय बाबियाचौरका इन्चार्ज इन्सपेक्टर सुशोभन श्रेष्ठ र जवान तिलक लामिछाने पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले उनीहरुलाई सेवाग्राहीसँग घुस लिँदै गरेको अभियोगमा पक्राउ गरेको हो। सुन चाँदी पसल चोरीको अभियोगमा पक्राउ परेका चोरलाई सहजिकरण गरी छोडिदिने सर्तमा सेवाग्राहीबाट उनीहरुले घुस लिएको अख्तियारले बताएको छ ।

निजहरुलाई सालकोट प्रहरी चौकीबाट रु १५ हजार घुस लिएर भाग्दै गरेको अवस्थामा  पक्राउ गरिएको अख्तियारको कार्यालयका निमित्त प्रमुख जंगबहादुर डांगीले जानकारी दिए ।

उक्त काण्डमा पक्राउ परेका श्रेष्ठले सुन पसल चोरीसम्बन्धी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीबाट घुस मागेका थिए । अख्तियार  दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका प्रवक्ता जङ्गबहादुर डाँगीका अनुसार  पक्राउ परेका दुबैको थप अनुसन्धान सुरु गरिएको छ ।

Advertisement

Advertisement

Advertisement