नेपाल बङ्गलादेश बैंक र गाउँपालिका कार्यालयबीच सम्झौता

Advertisement

काठमाडौं। नेपाल बङ्गलादेश बैंकले  प्रदेश नं. २ अन्तर्गत सर्लाही जिल्लाको  चन्द्रनगर गाउँपालिका कार्यालय सँग एक सम्झौता गरेको छ।  बैंकले ‘शिक्षित बेटी : बालिग पोतह स्वच्छ आ समुन्नत गाउँपालिका’ भन्ने अभियानमा खाता सञ्चालन गर्नेबारे सम्झौता गरेको हो  ।

आइतबार एक कार्यक्रमकाबीच उक्त सम्झौतामा   गा.वि.स. अध्यक्ष महेन्द्र महतो,  प्रदेश नं २ का  सामाजिक विकास मन्त्री नवल किशोर साह र बैँकका प्रमुख कार्यकारी अधिकृत श्री ज्ञानेन्द्र प्रशाद ढुंगानाद्वारा संयुक्त रुपमा हस्ताक्षर गरे  ।

सम्झौता अनुसार बैंकले  ब्रम्हपुरी,चन्द्रनगर स्थित रहेको आफ्ना  शाखा कार्यालयहरुमा ‘शिक्षित बेटी : बालिग पोतह स्वच्छ आ समुन्नत गाउँपालिका’ अभियानको लागि  २० वर्षे दीर्घकालिन आवर्ती बचत खाता रिकरिङ्ग सेभिङ्ग अकाउन्ट  खोलिने व्यवस्था गरेको छ।

यस सम्झौता पश्चात उक्त क्षेत्रमा जन्मिएका बालिकाहरुलाई गा.वि.स.द्वारा  बैंकमा खोलिएको खातामा रु २५,००० जम्मा गरिदिने तथा बैँकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत थप रु २,,००० जम्मा गरिदिने जानकारी गराएको छ।

साथै बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधै आफ्नो उच्च प्राथमिकतामा राख्दै आएको जानकारी समेत गराएको छ। बैंकले बैंकको संस्थागत नारा नै ‘हामी सबैको बैंक’ भन्ने रहेकोले उक्त नारा अनुसारको उद्देश्य प्राप्तिको लागि समाजका हरेक वर्गका सर्वसाधारणहरुको जीवनस्तरमा उत्थान गर्न सहयोग गर्ने हाम्रो लक्ष्य रहेको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement