तेन्जिङ हिलारी विमानस्थलमा दुई हेलिकोप्टर ठोकियो

Advertisement

काठमाडौं । लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा दुईवटा हेलिकोप्टरहरु एक आपसमा ठोकिँदा ठूलो दुर्घटना हुनबाट जोगिएको छ । सोमबार बिहान उक्त विमानस्थलमा माउन्टेन एयरको हेलिकोप्टर उडान र एयर डाइनेस्टीको हेलिकोप्टर अवतरणको क्रममा रहँदा एक आपसमा ठोक्किएका हुन् ।

९–एएमआई कलसाइन भएको एयर डाएनेस्टीको हेलिकोप्टर हेलिप्याडमा अवतरण गर्ने क्रममा ‘डाउनवार्डस’ले ९–एनकेबी कलसाइन भएको माउन्टेन एयरको हेलिकोप्टरको पंखा(रोटर)मा ठोकिएको विमानस्थलका प्रमुख यागेन्द्र कुँवरले जानकारी दिए ।

माउन्टेन एयरको हेलिकोप्टर उडानका लागि इन्जिन स्टार्ट गरेको थियो भने एयर डाइनेस्टीको हेलिकोप्टर भने हेलिप्याडमा अवतरण र पार्किङमा आउने क्रममा थियो । एयर डाइनेस्टीले माउन्टेनको रोटरमा क्षति पुर्याएको र सोहि रोटरले माउन्टेनकै पुच्छरमा क्षति पुर्याएको छ ।

दुईवटै हेलिकोप्टर एकै समयमा उडान भर्न लाग्दा दुर्घटना भएको विमानस्थलका प्रमुख कुँवरले बताए । घटनाका बारेमा नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुसँधान गरी सत्य तथ्य बाहिर ल्याउने उनले बताए । एयर डाएनेस्टीको चालक सुशान्त दुलाल थिए भने माउन्टेन एयरको चालक पेम्बानोर्बु शेर्पा थिए ।

Advertisement

Advertisement

Advertisement