प्रधानमन्त्रीबाट टीका थाप्न इच्छुकहरुको आज पनि लाइन, प्रभु बैंकका सिइओ पनि पुगे टीका थाप्न

Advertisement

काठमाडौं । विजयादशमी कै दिनदेखि प्रधानमन्त्रीको हातबाट टीका थाप्ने क्रम कोजाग्रत पूर्णिमाको दिनसम्म कायम रह्यो । बुधबार पनि उनीबाट टीका थाप्नेहरुको थामै लाइन लागेको थियो ।

आज झण्डै दुईसयलाई प्रधानमन्त्रीले टीका लगाइदिए । टीका थाप्न प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन पनि लाइनमा देखिए । दशैंको अन्तिम दिन टीका लगाउनेमा मन्त्री, साँसद, सरकारी तथा गैरसरकारी संस्थाका व्यक्तित्व, दलका नेता र कार्यकर्ता थिए ।

केही समयअघि ‘इश्वर छैन, यदी छ भने कार्ल माक्र्स नै इश्वर हो’ भन्ने सार्वजनिक अभिव्यक्ति दिएका ओलीले यस पटक दशैंमा सबैलाई टीका लगाइदिनुका साथै आफूलाई नवदुर्गा माताको शक्तिसमेत रहेको दावी गरे ।

Advertisement

Advertisement

Advertisement