एनएमबि बैंकबाट एक जनाको १७ लाख रुपियाँ लुटियो

Advertisement

सुरुङ्गा । झापाको बिर्तामोडस्थित एनएमबी बैंकबाट आइतबार अपराह्न एक व्यक्तिको १७ लाख रुपियाँ लुटिएको छ । बैंकमा रकम जम्मा गर्न आएका ताप्लेजुङ याम्फुदिन–१ का शेरबहादुर गुरुङको रु १६ लाख ९९ हजार लुटेर लगिएको प्रहरीले जनाएको छ ।

अपराह्न झोलामा रकम लिएर बैंक आएका गुरुङ काउण्टर अगाडि जम्मा गर्न भौचर भर्दै गर्दा एक व्यक्ति झोला बोकेर भागेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक होम अधिकारीले जानकारी दिए । रकम लुटेर भाग्ने व्यक्तिको सिसी क्यामेरा फुटेजबाट पहिचान खुल्ने भएकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement