किसान माइक्रोफाइनान्सको सेयर मूल्य समायोजन, प्रतिकित्ता १११६ रुपियाँ

Advertisement

काठमाडौं । किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले संस्थाको ५० प्रतिशत हकप्रद सेयर पछिको मूल्य समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता १११६.६७ रुपियाँ रहेको छ ।

जसको आधारमूल्य प्रतिकित्ता १५१८.५६ रुपियाँ रहेको थियो । मूल्य समायोजनपछि खुलेको मंगलबारको सेयर कारोबारमा कम्पनीको सेयर मूल्य बढेको छ । प्रतिकित्ता १११७ रुपियाँ खुलेको संस्थाको सेयर मूल्य करिब एक घण्टामै बढेर प्रतिकित्ता ११३९ रुपियाँ पुगेको छ ।

Advertisement

Advertisement

Advertisement