काँग्रेस नेताको सुझाव– विखण्डनकारी चरित्रका मान्छेको नागरिकता खारेज गर

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल काँग्रेसका नेता चन्द्र भण्डारीले विखण्डनकारी चरित्रका मानिसहरुको नागरिकता खारेज गर्न सरकारसँग माग गरेका छन् ।

मंगलबार रिपोर्टर्स क्लबमा भण्डारीले नेपालमा अराजकता बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै राष्ट्रको हितमा आँच आउने खालका काम गर्नेहरुको नागरिकता खारेज गर्नुपर्ने बताए ।

उनले भने, “संसारमा यति अराजक र भ्रष्ट कहीँ पनि छैन । स्वर्गलाई नर्क बनाउन खोजिएको छ ।” नेपालमा कुनै पनि नेतामा इच्छा शक्ति नभएकाले परिवर्तन हुननसकेको भण्डारीको तर्क थियो । उनले भने, “नेतामा लगाब भएन । राष्ट्रवादी नेता कोही पनि छैनन् ।”

नेपालका युवा नेताहरुले पनि हाइ काढ्ने काम मात्रै गरेको भन्दै भण्डारीले आलोचना गरे । युवा नेताहरुले बूढा नेताहरुको लगौँटी समातेर राजनीति गर्ने गरेको भण्डारीको जिकिर थियो ।

Advertisement

Advertisement

Advertisement