हकप्रद र साधारणका लागि लगानी सुरक्षित गरिँदै, दोस्रो बजारको किनबेच १६ करोडमा खुम्चियो

Advertisement

काठमाडौं । सेयर बजारमा गिरावट आउने क्रम बुधबार पनि जारी रह्यो । लामो समयदेखि लगातारजसो घट्दै आएको सेयर बजार परिसुचक नेप्से आज पनि दुई दशमलव ९० अंकले घटेर एक हजार २२१ कायम भयो ।

अबौं रुपियाँ बराबरका हकप्रद र साधारण सेयर निष्काकनको तयारीले गर्दा लगानीकर्ताहरु त्यता लगानी गर्न दोस्रो बजारमा लगानी घटाएको विश्लेषकहरुको भनाई छ । झण्डै पाँच अर्ब रपियाँ बराबरको हकप्रय सेयर निष्काशनको तयारी भइरहेको छ भने मध्ये भोटेकोशी जलविद्युत कम्पनीलगायतले साधारण सेयर पनि निष्काशनको तयारी गरिरहेका छन् ।

आज सबैभन्दा धेरै कारोबार गर्ने प्रभु बैंकको सेयर ९० लाख रुपियाँको मात्रै किनबेच भएको छ । निर्जिवन बिमा, उत्पादनमूलक र अन्य समूहका उपसुचकहरुमा सामान्य सुधार देखिए पनि बाँकी समूहको उपसुचकमा भने गिरावट कायम छ ।

Advertisement

Advertisement

Advertisement