श्याओमीको पोकोफोन एफवान पहिलो पटक नेपाली बजारमा

Advertisement

काठमाडौं । अन्तर्राष्ट्रिय मोबाइल निर्माता श्याओमीले नेपाली बजारमा पहिलो पटक आफ्नो पोकोफोन सबब्राण्डको पोकोफोन एफवान स्मार्टफोन भित्र्याएको छ । श्याओमी भित्रकै निकै अनुभवी टोलीबाट निर्मित पोकोफोनले स्मार्टफोन प्रयोगको अनुभवलाई झन्झटमुक्त बनाउने जनाइएको छ ।

बुधबार सार्वजनिक भएको पोकोफोन एफवान, पोकोफोन ब्राण्डको पहिलो स्मार्टफोन हो । यो स्मार्टफोनले ब्राण्डको मिसनलाई राम्रोसँग बाँधेर राखेको भन्दै कम्पनीले यसको विशेषता भनेको यसमा प्रयोग भएको अत्याधुनिक क्वालकोम स्नापड्रागन ८४५ प्लाटफर्म, प्रभावशाली लिक्विड कुल टेकनोलोजी कुलिङङ्ग सिस्टम र चार हजार एमएएचको ब्याट्री रहेको जनाएको छ ।

श्याओमी नेपालका कन्ट्री जेनरल म्यानेजर सौरभ कोठारी भन्छन् ‘पोको मतलब सानो । हाम्रो सोच भनेको सानो तरिकाले सुरुवात गर्ने तर ठूलो सपना देख्न नछोड्ने हो । पोको श्याओमी भित्रको एउटा सानो अंश हो । पोकोले शून्यबाट नै स्वतन्त्र तरिकाले आफ्नो प्रोडक्टमा कसरी धेरैभन्दा धेरै विकल्पहरु र अत्यावश्यक प्रविधिको दिने कुराहरुमा ध्यान दिएको छ । त्यसैले हामीहरुले यस्तो स्मार्टफोन बनाएका छौं जसले पत्याउनै नसकिने पर्फरमेन्स दिन्छ । यसको समय सापेक्ष प्रविधिले टेक्नोलोजी उत्साही जमातलाई अवश्य पनि तान्ने छ ।’

यो फोन कात्तिक २५ बाट ३४ हजार ९९९ रुपियाँमा किन्न पाइनेछ । यसमा ६ जिबिको र्याम र ६४ जिबिको रोम हुनेछ । पोकोफोन एफवान गेमिङको गर्नको लागि र ठूला किसिमका आप्लिकेशन प्रयोग गर्न रुचाउने उपयोगकर्ताहरुको लागि उपयुक्त स्मार्टफोन हो भन्दै कम्पनीले यसमा रहेको शक्तिशाली क्वालकोम स्नापड्रागन ८४५ एसओसी र लिक्विडकुल कुलिङ प्रविधिले सिस्टम स्लो हुने र फोन तात्ने समस्याबाट प्रयोगकर्ताहरुलाई मुक्त गर्नेछ साथै लामो समयसम्म उच्च परफर्मेन्स दिने जनाएको छ ।

Advertisement

Advertisement

Advertisement