सानिमा बैंकले १४ प्रतिशत लाभांस दिने, लगानीकर्ताको हातमा कहिले पर्छ ?

Advertisement

काठमाडौं । सानिमा बैंकले आफ्ना लगानीकर्तालाई १४ प्रतिशत नगद लाभांस दिने भएको छ । बैंकको बुधबार बसेको संचालक समितिको बैंठकले आफ्ना लगानीकर्तालाई हाल कायम चुक्ता पुँजीको उक्त लाभांस दिने प्रस्ताव पारित गरेको छ ।

सानिमाले उक्त लाभांस दिने प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपश्चात आगामी दिनमा बस्ने साधारणसभाबाट पारित गराएर मात्र लगानीकर्तालाई  वितरण गरिने भएको छ । सानिमा बैंक गत आर्थिक वर्षको कमाईबाट लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक बनेको छ । हाल बैंकको चुक्ता पूँजी ८ अर्ब १२ लाख रुपैयाँ रहेको छ ।

Advertisement

Advertisement

Advertisement