पाठ्यक्रम विकास केन्द्रका नायब सुब्बा २५ हजार घुससहित पक्राउ

Advertisement

काठमाडौं । भक्तपुरको सानोठिमीस्थित पाठ्यक्रम विकास केन्द्रका लेखापाल (नायब सुब्बा) गुणराज दाहाल घुससहित पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका वडा नं ५ गहना पोखरीस्थित भान्जा क्याफे अगाडिबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई २५ हजार रुपियाँ घुससहित पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा टंगलस्थित आयोगको कार्यालयबाट गएको टोलीले उनलाई घुसबापतको रकम लिइसकेको अवस्थामा पक्राउ गरेका हुन् ।

कक्षा ६ को सामाजिक र विज्ञान विषयको पाठलाई सांकेतीकरण र दृश्य सामाग्री (डि.भि.डी) तयार गर्न पाठ्यक्रम विकास केन्द्रले राष्ट्रिय बहिरा महासंघ नेपालसँग सम्झौता गरेको थियो।

उक्त काम पूरा गरी महासंघले बिल भुक्तानी माग गर्दा जम्मा भएको रकमको २५ प्रतिशत आन्तरिक लेखा परीक्षणका लागि आवश्यक पर्ने भनी बाहाना बनाई लेखापाल दाहालले घुस लिएको अख्तियारले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

Advertisement

Advertisement

Advertisement