नेपाल संवतका अवसरमा आयोजना गर्ने भनिएका सबै कार्यक्रम स्थगीत

Advertisement

काठमाडौं – यसपाली नेपाल संवत् ११३९ को अवसरमा कुनै पनि कार्यक्रम नहुने भएको छ । नेपाल संवत आन्दोलनका प्रणेता एवं आदिवासी जनजाति आन्दोलन र मानव अधिकार आन्दोलनका अगुवा पद्मरत्न तुलाधरको निधनका कारण नयाँ बर्षका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समितिले जनाएको हो।

‘हरेक वर्षझैँ यस वर्ष पनि नेपाल १९३९ नयाँ वर्षको उपलक्ष्यमा नें संं ११३९ कछलाथ्व पारु (कात्तिक २२ गते) काठमाडौंको बसन्तपुरमा मूल समारोह आयोजना गर्ने कार्यक्रम तय भइसकेको थियो,’ समितिले भनेको छ, ‘दिवंगत तुलाधरप्रति सम्मान अर्पणका लागि कार्यक्रम स्थगित गरिएको हो।’

अन्य स्थानका कार्यक्रमहरू पनि स्थगित गरिएको जनाउँदै समितिले तुलाधरको १३ दिने पूण्यतिथि पश्चात अन्य अनुकूल दिनमा कार्यक्रम गर्ने निर्णय गरेको छ । तुलाधरको आइतबार निधन भएको हो।

Advertisement

Advertisement