वडासचिवनै बोक्सीको आरोप लगाउदै महिलामाथि कुटपिटमा उत्रिएपछि....

Advertisement

बुटवल।  रुपन्देहीको तिलोत्तमा नगरपाकिा वडा नम्वर ४ मा स्थानीय एक महिलालाई बोक्सीको आरोप लगाई कुटपिट गर्ने वडा सचिव सहित ३ जनालाई बुटवल प्रहरीले पक्राउ गरेको छ ।

स्थानिय डम्वर कुमारी न्यौपानेलाई बोक्सीको आरोप लागाई कुटपिट गरेका  तिलोत्तमा–४, नयाँमिल निवासी वडासचिव टीकाराम आचार्यसँगै उनकी श्रीमती र छोरीलाई प्रहरीले पक्राउ गरेको हो ।

आफुलाई  बोक्सीको आरोप लगाई कुटपिट गरेको भन्दै न्यौपानेले इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएपछी प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय, बुटवलमा राखिएको र जिल्ला अदालत रूपन्देहीबाट म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिए ।

कात्तिक २१ गते लक्ष्मीपूजाको दिन वडासचिव आचार्यले न्यौपानेलाई घरमा बोलाएर आफ्नी छोरीलाई के भयो भनेर सोध्दा छोरी प्रतिज्ञाले आफूलाई बोक्सिनी आई भन्दै ढोग्न लगाई कुटपिट गरेको जाहेरीमा उल्लेख गरेकी छन् ।

छोरीले कुट्दै गर्दा आमा कमलाले समेत साथ दिएको र बाबु टीकाराम रमिते बनेको उजुरीमा उल्लेख छ । वडासचिव आचार्यले भने घटनामा संलग्नता नहुँदा नहुँदै फसाउने उद्देश्यले उजुरी दिन लगाइएको दाबी गरेका छन् ।

Advertisement

Advertisement

Advertisement