प्रियंका र निकको बिहेको फोटो खिच्न २५ करोडको डिल

Advertisement

एजेन्सी । बलिउडकी अभिनेत्री प्रियंका चोपडा र हलिउड स्टार निक जोनस आउँदो १ डिसेम्बरमा बिवाह बन्धनमा बादिँदै छन् । उनीहरुको बिहेले अन्तर्राष्ट्रिय मिडियाहरुको ध्यान तानेको छ ।

प्रियंका बलिउडमा मात्र नभएर हलिउडमा पनि सक्रिय नायिका हुन् भने निक पनि नाम चलेका गायक हुन् । त्यसैले उनीहरुको बिहेलाई कभर गर्न मिडियाहरुबीच प्रतिस्पर्धा हुने नै भयो । तर, बाहिरिएको पछिल्लो खबर अनुसार एउटा प्रख्यात म्यागजिनले बिहेको फोटो खिच्ने एकाधिकार लिएको छ ।

प्रियंका र निकसँग यसका लागि २५ लाख डलर को सम्झौता उक्त म्यागजिनले गरिसकेको बताइएको छ । म्यागजिनको नाम भने सार्वजनिक गरिएको छैन । अब प्रियंका र निकको फोटो खिचेर उक्त म्यागजिनले अन्य मिडियालाई बेच्ने छ ।

Advertisement

Advertisement

Advertisement