विद्युत प्राधिकरणको पहिलो महिला ‘एमडी’ बन्ने पखाईमा शान्तिलक्ष्मी

Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको उच्च तहमा पुग्न सफल शान्तिलक्ष्मी शाक्यले आफूले प्राधिकरणको नेतृत्व गर्ने मौका पाए अरु जो सुकैको भन्दा राम्रो काम गरेर देखाउन सक्ने क्षमता आफूसँग रहेको बताउँछिन ।

प्राधिकरणकी उपकार्यकारी निर्देशक शाक्य भन्छिन्– काम गर्न नसक्ने भन्ने हुँदैन । जिम्मेवारी पाए काम गरेर देखाउने क्षमता छ । एउटै कुरा पदका लागि चाकडी गर्ने, के गर्ने गर्न सकिन्न । त्यति हुँदाहुँदै पनि जिम्मेवारी आयो भने कसैको भन्दा कम होइन, राम्रो गरेर देखाउन सकिन्छ ।

सर्टकर्ट तरिका अपनाएको भए म पनि एमडी भइसक्थें होला भन्दै शाक्यले त्यो तरिकामा आफू नगएको र कहिल्यै पनि नजाने बताइन । क्षमता र वरिष्ठ हुँदाहुँदै बढुवा हुन नदिएर दुःख दिएको अनुभव सुनाउँदै उनले प्राधिकरणकै एमबी बन्ने बनाउने कुरा त्यति सहज नरहेको बताउँछिन ।

तर अफर आयो भने नाई नबन्ने शाक्यको भनाई छ । उनी भन्छिन्– क्षमता हेरेर कतैबाट अफर आयो भने नाई भन्दिन । तर मलाई बनाइदेउ भनेर म कसैको जान्न । अहिले जुन जिम्मेवारी छ, त्यो जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्ने हो । त्यो गरिरहेको छु ।

शाक्यको अब प्राधिकरणमा एक बर्ष मात्रै सेवा बाँकी छ । सेवा प्रवेश गरेको हिसावले प्राधिकरणका हालका कार्यकारी निर्देशक कुलमान घिसिङभन्दा शाक्य वरिष्ठ हुन । शाक्य ४५ सालमा प्रवेश गरेकी हुन भने घिसिङ ५४ सालमा प्रवेश गरेका हुन । घिसिङसँगै उनी निर्देशक भएकी थिइन । प्राधिकरणमा सुनिल ढुँगेल, राजीव शर्मा भने शाक्यभन्दा वरिष्ठ हुन । उनले घिसिङ केही गरौं भन्ने सोच भएको मान्छे भएको बताइन् ।

विद्युत प्राधिकरण वृहत क्षेत्र भएको र सबैको चासो रहने सेवा प्रदायक संस्था भएकाले यहाँ काम गर्न कठिन रहेको पनि शाक्यले अनुभव सुनाइन । यद्यपि उनले यो संस्थालाई सुधार गर्न नसकिने भन्ने नरहेको बताइन ।

Advertisement

Advertisement

Advertisement