पर्यटक आगमन अहिलेसम्मकै उच्च, सबैभन्दा बढि भारत र चीनबाट

Advertisement

काठमाडौं । सन् २०१८ को दश महिनाको अवधिमा ८ लाख ८२ हजार पाँच सय ३१ पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो यस अवधिमा नेपाल भ्रमण गर्ने पर्यटकको संख्या अहिलेसम्मकै बढी हो । गत वर्ष जनवरीदेखि अक्टुबरसम्मको अवधिमा ७ लाख ५७ हजार चार सय ४८ पर्यटकले नेपाल भ्रमण गरेका थिए।

गत वर्षको तुलनामा पर्यटकको आगमन १६ दशमलव ५ प्रतिशतले वृद्धि भएको छ। अध्यागन विभागका अनुसार, अक्टुबर महिनामा यस वर्षकै धेरै एक लाख ९ हजार सात सय ३३ पर्यटकले नेपाल भ्रमण गरेका छन्।

सन् २०१७ मा नै पर्यटक आगमन संख्या १० लाख पुग्ने आँकलन गरे पनि उक्त अनुमान भन्दा केही कम पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१७ मा वर्षभरीमा कुल ९ लाख ४० हजार दुई सय १८ पर्यटकले नेपाल भ्रमण गरेका थिए।

नेपाल भ्रमण गर्ने पर्यटकहरुमा सबैभन्दा बढी छिमेकी राष्ट्र भारत र चीनबाट रहेका छन्। सन् २०१८ को दश महिनामा भारतबाट १ लाख ६१ हजार नौ सय ६३ पर्यटक नेपाल भित्रिएका छन्
। कैलाश मानसरोबर तीर्थाटनका लागि भारतबाट नेपाल आउने पर्यटकको संख्या उच्च छ ।

त्यस्तै चीनबाट कुल एक लाख २१ हजार चार सय १८ पर्यटक भित्रिएका छन्। पछिल्लो समय पर्यटन बोर्डले अन्तराष्ट्रिय प्रबर्धनको कार्यक्रमहरु छिमेकी राष्ट्र चीन र भारतमा केन्द्रित गर्दै आएको छ ।

त्यस्तै सन् २०१८ को अक्टुबर महिनासम्म संयुक्त राज्य अमेरिकाबाट ७३ हजार ६ सय ७७ र बेलायतबाट ५० हजार एक सय ६१ पर्यटकले नेपाल भ्रमण गरेका छन्। त्यस्तै, दक्षिण एसियाली देशहरु श्रीलंका र बंगलादेशबाट आउने पर्यटकहरुको संख्या पनि बढ्दो क्रममा छ ।

यो अवधिमा ४६ हजार २८० श्रीलंकाली र २१ हजार एक सय १० बंगली नागरिकले नेपाल भ्रमण गरेका छन्।

Advertisement

Advertisement