सरकार चालू आवको चौमासिकको कार्यप्रगति समिक्षा गर्दै

Advertisement

काठमाडौं । सरकारले चालू आवको पहिलो चौमासिक प्रगति मूल्यांकन समिक्षा बैंठक सिंहदरबारमा सुरु गरेको छ । बैंठकले सबै मन्त्रालयहरुको पहिलो चौमासिक प्रगति विवरणमा समिक्षा गर्ने जनाइएको छ । बैंठकमा विभिन्न मन्त्रालयहरुले आ–आफ्नो कार्ययोजना र प्रगतिविवरण प्रधानमन्त्रीसमक्ष प्रस्तुत गर्नेछन् । सरकारका मन्त्री तथा सचिवहरुको उपस्थितीमा बैंठक सुरु भएको हो ।

विकास र मृद्धिको नारासँगै गठन भएको सरकार नौ महिना पुगिसक्दा पनि विकासको कामले गति लिन नसकेको भन्दै विपक्षिहरुले चर्को आलोचना गर्दै आइरहेका छन् ।

मन्त्रालयहरुले जनतामा प्रत्यक्ष प्रभाव पार्ने काम गर्न नसकिरहेको अवस्थामा समिक्षा बैठक बसेको हो । प्रधानमन्त्री केपी ओली सहित बसेको बैठकमा मन्त्रीहरुले आफ्नो मन्त्रालयले गरेका कामहरुको विवरण प्रस्तुत गर्ने छन् ।

Advertisement

Advertisement

Advertisement