गरिमा विकास बैंकको १२ औं वर्ष प्रवेशको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

Advertisement

काठमाडौं।    गरिमा विकास बैंक लिमिटेडले १२ औं बार्षिकोत्सवको अवसरमा देशका विभिन्न आठ स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।


मंसिर ७ गते शुक्रबार काठमाडौँको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयका साथै शाखा कार्यालयहरु महेन्द्रपुल पोखरा, द्रपुल पोखरा, बुटवल रुपन्देही, बेनी म्याग्दी, नारायणगढ चितवन, बिराटनगर मोरङ, ईटहरी सुनसरी र घोराही दाङमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । उक्त आठ स्थानमा आयोजित रक्तदान कार्यक्रमबाट ४३० युनिट रगत संकलन भएको छ । वार्षिकोत्सवकै अवसर पारेर बैंकले स्याङ्जाको वालिङ शाखा कार्यालयमा सरसफाई पनि गरेको छ ।


शुक्रबार नै गरिमा विकास बैंकले कास्की जिल्ला पोखरा महानगरपालिका अन्र्तगत वूद्घचोक शाखा कार्यालयमा नयाँ शाखा विस्तार पनि गरेको छ । नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशक पोमनाथ गौतमले उक्त शाखाको उद्घाटन गरेका हुन् ।


बैंकले  बार्षिकोत्सवको अवसरमा प्रत्येक बर्ष विभिन्न सामाजिक उत्तरदायित्वमुलक कार्यक्रमहरु सम्पन्न गर्दै आईरहेको छ । गरिमा विकास बैंक लिमिटेड राष्ट्रियस्तरको विकास बैंक हो । काठमाडौंको लाजिम्पाटमा केन्दीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमाडौंमा ८ वटा शाखासहित देशभर ६६ शाखा र १५ वटा एटीएम संचालनमा छन् ।



विकास बैंकले छिट्टै नै पर्साको बीरगंज, चितवनको टांडी र मिलनचोक, दाङ्गको तुल्सीपुर, बांकेको कोहलपुर, कञ्चनपुरको महेन्द्रनगर, कास्कीको हेम्जा, नुवाकोटको बट्टार र लमजुङ्गको बेसीशहरमा शाखा कार्यालय विस्तार गर्ने तयारी गरेको छ  ।

Advertisement

Advertisement

Advertisement