निर्मलाका बाबुको मानसिक सन्तुलनमा समस्या आएपछि उपचारका लागि काठमाडौं ल्याइँदै

Advertisement

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तकका बाबु यज्ञराज पन्तको मानसकि सन्तुलनमा समस्या आएपछि उपचारका लागि काठमाडौं ल्याउने तयारी गरिएको छ । छोरीको हत्यारा पत्तालगाई कारबाही गर्नुपर्ने माग राख्दै धर्नामा बस्दै आएका पन्त शुत्रबारदेखि मानसिक सन्तुलन बिग्रीएको हो ।

उपचारका लागि काठमाडौं आउन लागेको उनकी श्रीमती दुर्गादेबी पन्तले बताइन् । ‘एकोहोरो बोलेको बोल्यै गर्ने र आफु के बोलें भन्ने थाहा नपाउने हुनु भएको छ’ दुर्गादेवीले भनिन्, ‘उपचारको लागि काठमाडौं ल्याउन लागेका छौं’ । उनी सँगै चार जना पन्तको उपचारका लागि काठमाडौं आउन लागेको उनले बताइन् ।

उनले देखाएको व्यावहार डिप्रेसनको हुन सक्ने अनुमान गरिएको छ । पन्तले सुरक्षामा खटिएका प्रहरीहरुलाई जथाभावी गाली गर्ने, एक्लै जिन्दावाद मुर्दावाद भन्दै नारा लगाउने, आफैंले बोलेका कुराहरु थाहा नपाउने जस्ता व्यावहार देखिएपछि उपचारका लागि काठमाडौं ल्याउन लागिएको हो ।

गत साउन १० मा छोरी निर्मला हराएदेखि पीडा खेपिरेहेका यज्ञराज अहिले एकाएक बर्बराउने चिच्याउने गालिगलौज गर्ने जस्ता अस्वाभाविक व्यवहार देखाइरहेका छन् । साउन ११ मा छोरीको बलात्कार र हत्याभएको पीडामा रहेका यज्ञराज दोषीको पहिचान र कारबाहीको माग गर्दै कञ्चनपुरदेखि काठमाडौसम्म आएर हार गुहार गरे । तर हत्या भएको ४ महिना पुग्नलाग्दा पनि प्रहरीले अपराधी पहिचानसमेत गर्न असफल भइरहेको छ ।

१३ वर्षीया बालिका निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीमा शव भेटिएको थियो । घटनाको अनुसन्धानमा लापरवाही गरेको अभियोगमा तत्कालीन एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर बर्खास्त भएका छन् ।

Advertisement

Advertisement

Advertisement