माथिल्लो तामाकोशीको आइपीओ बाँडफाँड, सबै योग्य आवेदकले कम्तीमा ४० कित्ता पाए

Advertisement

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सेयरमा वैधानिकता पूरा गरी आवेदन दिने सम्पूर्ण लगानीकर्ताहरुले सेयर पाएका छन् । आयोजनाको सेयर बिक्री प्रबन्धक नागरिक लगानी कोष र सन्राइज क्यापीटलका अनुसार सबै योग्य आवेदकले ४० कित्ता सेयर पाएका हुन् ।

कम्पनीको आइपीओमा तीन लाख ३९ हजार सात सय ७५ जनाले आवेदन गरेका थिए । बिक्री प्रबन्धकका अनुसार जसमध्ये तीन लाख ३४ हजार ७५ जना आवेदकमात्रै योग्य आवेदक रहेका थिए । आवेदन दिएकामध्ये पाँच हजार सात सय जना आवेदक दोहोरिएकाले उनीहरुलाई अयोग्य ठहर गरिएको बिक्री प्रबन्धकले जनाएको छ ।

सबै योग्य आवेदकलाई ४० कित्ताका दरले सेयर बाँडफाँड गरिएपछि बाँकि रहेको एक लाख ७२ हजार सात सय ७५ कित्ता सेयर एक लाख ७२ जना आवेदकलाई गोलाप्रथाको माध्यमबाट थप १० कित्ता बाँडफाँड गरिएको छ । जस अनुसार एक लाख ७२ जनाले ५० कित्ता सेयर पाएका छन् ।

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले एक करोड ५८ लाख ८५ हजार कित्ता सेयरको लागि बिक्री खुला गरेको थियो । जसध्ये एक सात लाख ९४ हजार दुई सय ५० कित्ता सेयर म्युच्युअल फण्डलाई र एक करोड ५० लाख ९० हजार सात सय ५० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुल्ला गरेको थियो ।

कम्पनीको आइपीओको लागि चार दशमलव ३७ गुणा बढी अर्थात छ करोड ५९ लाख १७ हजार ९३ कित्ताका लागि आवेदन परेको थियो ।

Advertisement

Advertisement

Advertisement