बिग ब्यास क्रिकेट लिगमा सन्दीपले लिए सर्वाधिक विकेट

Advertisement

काठमाडौँ । अष्ट्रेलियामा जारी बिग ब्यास क्रिकेट लिगमा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने सर्वाधिक विकेट लिने खेलाडी भएका छन् । मेलबर्न स्टार्सको तर्फबाट सिड्नी सिक्सर्स विरुद्ध आफ्नो तेस्रो खेलमा दुई विकेट लिएसँगै प्रतियोगितामा ७ विकेट लिएका सन्दिप सबैभन्दा बढी विकेट लिने खेलाडी भएका छन् ।

टस जितेर मेलबर्नका तर्फबाट फिल्डिङ गरिरहेका सन्दीपले नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार लेग स्पेनर उनले बिग बासमा पनि आफ्नो जादूलाई निरन्तरता दिइरहेका छन्  । यसअघि बिग बासको पहिलो खेलमा सन्दीपले सिड्नी थन्डर्स विरुद्ध २ विकेट लिएका थिए । दोस्रो खेलमा होबार्ट हुरिकेन्स विरुद्ध ३ विकेट लिएका थिए भने आफ्नो तेस्रो ओभरको अन्तिम बलमा टोम कुरानलाई आउट बनाए ।

Advertisement

Advertisement

Advertisement