चोलेन्द्रमाथि साँसदहरुको आज प्रश्न मात्रै, अर्को दिन जवाफ

Advertisement

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि साँसदहरुले प्रश्न सोध्न क्रम लामो भएपछि सुनुवाई लम्बिएको छ । राणामाथि साँसदहरुले प्रश्न सोध्ने क्रम लाभो भएसँगै कर्मचारीहरुको आन्दोलनका कारण पनि उनले जवाफ दिन पाएनन्। मंगलबार बस्ने बैठकमा राणाले जवाफ दिने संभावना छ । आजको बैठकमा समितिका सदस्यहरु योगेश भट्टराई, पुष्पा भुसाल, पूर्णकुमारी सुवेदीले प्रश्न सोधेका थिए।

भट्टराईले अदालतबाट सार्वजनिक सम्पत्तिको संरक्षण हुन किन नसकेको ? बारे प्रश्न सोधेका थिए भने भुसालले न्यायीक भ्रष्टाचार रोक्ने योजनाबारे प्रश्न राखेकी थिइन्। सुवेदीले भने गरिब र तल्लो तहका जनताका लागि न्यायमा विश्वास नहुनुको कारण के हो ? भन्दै सोधेकी थिइन्।

Advertisement

Advertisement

Advertisement