अर्को वर्षदेखि फाईभ-जी प्रविधिको इन्टरनेट आउँदै

Advertisement

काठमाडौं । सूचना प्रविधिको क्षेत्रमा हुँदै गरेको तिव्र विकाससँगै इन्टरनेट प्रविधिको गति (स्पीड)मा पनि नयाँ सुविधा थपिने भएको छ । हाल प्रयोगमा आइरहेको फोर–जी प्रविधिको इन्टरनेट स्पीडलाई पछि पार्दै आगामी वर्षदेखि फाईभ–जी प्रविधिको उच्च गतियुक्त इन्टरने आउने भएको हो ।

फाईभ–जीले इन्टरनेटको गतिमामात्र नभई समग्र इन्टरनेट प्रविधिको क्षेत्रमानै क्रान्ति ल्याउने विज्ञहरुले बताएका छन् ।

यस प्रविधिले लाखौं डिभाइसलाई एक–अर्काको सम्पर्कमा रहन सहयोग गर्ने जनाइएको छ । हाल बहु प्रतिक्षित प्रविधिको रुपमा रहेको यस फाईभ-जीले मानव जिवनमा कस्तो परिवर्तन ल्याउला भन्ने विषय अहिले चर्चाको शिखरमा छ ।

यस प्रविधिमा प्रतिसेकेण्ड २० गिगाबाइट्सम्मको डाउनलोडिङ स्पीड हुने बताइएको छ । यसअघिाको थ्री–जी र फोर–जीको तुलनामा फाईभ–जीको स्पीड २० गुणा तिव्र हुने जनाइएको छ ।

यस्तो हुनेछ त फाईभ–जीको विषेशता ।

फाईभ-जीको माध्यमबाट मानिसले स्वचालित कारमा पनि एकअर्कासँग राम्रोसँग कुराकानी गर्न सक्नेछन् । आफ्नो सवारीको विवरण तथा नक्साको विवरण पनि साझेदारी गर्न सक्नेछन् । साथै, शहरमा सबै मानिसमाथि निगरानी राख्न तथा स्वचालित बत्तीको प्रयोग गरी ट्राफिक व्यवस्थापनका लागि समेत यो निकै सहज हुने बताइएको छ ।

फाईभ-जी सेवाको माध्यमबाट मानिसले घरको सुरक्षा प्रणालीका साथै बिजुली र पानी खपतको व्यवस्थापन गर्न सक्नेछन् । मानिसको स्वास्थ्यमा पनि यो सहयोगी बन्न सक्छ । यसले मानिसलाई आफ्नो स्वास्थ्यको विषयमा ध्यान दिन केही सहज हुनेछ भने फजुल खर्च रोक्न पनि सहयोग गर्नेछ । आपत्कालीन अवस्थामा डाक्टरलाई बोलाउन यसबाट निकै सघाउ पुग्नेछ ।

फाईभ-जीको सहयोगमा स्वचालित कारको आर्टिफिसियल इण्टेलिजेन्स (एआई) मा सुधार गर्न सकिन्छ । स्वचालित कार धेरै छिटो चलाउने होडबाजीमा यसको मार्गदर्शन सही हुन सक्दैन । त्यसैले, यसलाई चलाउन मानवीय हस्तक्षेपको आवश्यकता पर्छ । यद्यपि, फाइभजी आएसँगै यसको स्वरूपमा पनि व्यापक परिवर्तन आउनेछ ।

फाईभ-जी आएपछि स्वास्थ्यसम्बन्धी उपकरणको सेन्सर लगातार जोडिइरहेका हुन्छन् । यसको माध्यमबाट स्वास्थ्यसम्बन्धी नवीनतम जानकारी पाउन गर्न सहज हुन्छ । विदेशमा रहेका डाक्टरबाट उपचार सुविधा लिन पनि सकिन्छ ।

Advertisement

Advertisement

Advertisement