प्रधानमन्त्रीले धर्म परिवर्तन गरेको भन्दै परेको उजुरी प्रहरीले दर्ता गर्न मानेन्

Advertisement

कामाठाडौँ । देशको प्रधानमन्त्रीले नै धर्म परिवर्तन गरेको भन्दै एक कानुन व्यवसायीले ल्याएको उजुरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ । अधिवक्ता भूपेन्द्र पोखरेलले महानगरीय प्रहरी परिसर टेकुमा दर्ता गर्न ल्याएको उजुरी प्रहरीले दर्ता गर्न नमानेको हो ।

प्रहरीले प्रधानमन्त्रीविरुद्धको आरोप पुष्टी नहुने भन्दै दर्ता गर्न अस्वीकार गरेको हो ।
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले धर्म परिवर्तन गरेको भन्दै पोखरेल उजुरी लिएर प्रहरी चौकी पुगेका थिए ।

उनले प्रधानमन्त्री ओलीसँगै युनिभर्सल पिस फेडरेशनका नेपाल प्रमुख एकनाथ ढकालविरुद्ध उजुरी दर्ता गराउन खोजेका थिए । सो संस्थामा नेपालमा क्रिश्चियन धर्म प्रचारको काम गर्दै आएको छ । सोही संस्थाको आयोजनामा हालै काठमाडौंमा भएको विवादित एसिया प्यासिफिक सम्मेलन सफल बनाउन प्रधानमन्त्री आफै सक्रिय भएर लागेको भन्दै उनको आलोचना भइरहेको छ ।

प्रहरीले दर्ता गर्न नमानेपछि पोखरेल उजुरी बोकेर फर्किएका थिए । उजुरीमा उनले ‘धर्म परिवर्तनको उद्योग’ सम्बन्धी अपराध गरेको भन्दै हदैसम्म सजायको माग गरेका थिए ।

Advertisement

Advertisement

Advertisement