आठौं अन्तर विद्यालय एथ्लेटिक्स मिट सम्पन्न, बाल्मिकी शिक्षा सदन प्रथम

Advertisement

चितवन । चतवनमा जारी आठौं अन्तर विद्यालय एथ्लेटिक्स मिट २०७५ सम्पन्न भएको छ । मिटको आयोजना स्मल हेभन स्कूलले आयोजना गरेको हो ।

तीन दिन सम्म चलेको प्रतियोगितामा बाल्मिकी शिक्षा सदन विद्यालयले प्रथम स्थान जितेको छ । बाल्मिकिले प्रतियोगिता भर ९ वटा स्वर्ण, ६ रजत र ५ कास्य गरि कुल २० पदम जित्न सफल भएको हो । स्कुल हेभन विद्यालय दास्रो भयो । जसले ८ स्वर्ण, ६ रजत र ५ कास्य पदक जितेको छ ।

त्यस्तै प्रतियोगितामा प्याराडाईज इङ्ग्लीस विद्यालयले तेस्रो स्थान बनाउँदै ४ स्वर्ण, २ रजत र २ कास्य गरि कुल ८ पदक जितेको छ । चौथो स्थान हाँसिल गर्ने मिलन बोर्डिङ स्कुलले १ स्वर्ण, ३ रजत र १ कास्य गरि कुल ५ पदक जितेका आयोजक ले जनाएको छ ।

उत्कृष्ट अनुशाषित विद्यालयमा मिलन अंग्रेजी बोर्डिङ स्कुल, उत्कृष्ट कबड्डि प्लेयर र उत्कृष्ट एथलेटिक्स छात्रा तर्फ प्याराडाइज इङलिस स्कुलका छात्रा रश्मि अधिकारी र सजिना लामिछानेले क्रमश जितेका छन् । उत्कृष्ट एथ्लेटिक्स छात्र तर्फ बाल्मिकी शिक्षा सदनका विनय ओझा ले जितेका छन् ।
चितवन जिल्ला र आसपासका छिमेकि जिल्लाहरुका २८ विद्यालयहरुको विशेष सहभागिताका रहेको एथ्लेटिक्स मिटमा छात्रा तथा छात्राहरुको गरी ३० बटा भन्दा बढी इभेन्टहरु संचालन भएको स्मल हेभन स्कूलका प्रिन्सिपल प्रशान्तकुमार नेपालले जानकारी दिए

लिटल एन्जल स्कूल, ललितपुरको व्यवस्थापनमा संचालित नमुना विद्यालयको रुपमा रहेको स्मल हेभन स्कूल कल्याणपुरले स्थानीय स्तरमा खेलकुदको विकासको लागि यो किसिमको प्रतियोगिता विगत ८ वर्ष देखि गर्दै आईरहेको प्रतियोगिताको मिडिया संयोजक लुक्स नेपाल इभेन्ट एन्ड मिडियाका अध्यक्ष शुभराज तिमल्सिनाले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement