एउटा कार्यदल बनाएर सकियो अन्तर प्रदेश परिषद् बैठक

Advertisement

काठमाडौं । सङ्घ र प्रदेशबीच तथा प्रदेश–प्रदेशबीचको राजनीतिक, कानूनी र आर्थिकलगायत विषयका विवाद समाधान गर्न भन्दै गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा कार्यदल गठन गरिएको छ ।

केन्द्रले सहयोग गरेको भन्दै प्रदेशका मुख्यमन्त्रीहरुले लामो समयदेखि गुनासो गर्दै आएको बेलामा पहिलो पटक आइतबार र सोमबार दुई दिन बसेको अन्तर प्रदेश परिषदको बैठकले समस्या समाधानका लागि कार्यदल बनाएको हो ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको थियो । बैठकमा भाग लिन सातै वटा प्रदेशका मुख्यमन्त्रीहरु काठमाडौं आएका थिए । कार्यदलले आउँदो पुस ३ गते प्रतिवेदन बुझाउनुपर्नेछ ।

कार्यदलमा अर्थमन्त्री युवराज खतिवडा, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत र प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल छन् भने सदस्य सचिवमा मुख्यसचिव लोकदर्शन रेग्मी छन् ।

Advertisement

Advertisement

Advertisement