नेपाल एसबिआई बैंकले १५.७९ प्रतिशत लाभांश दिने

Advertisement

काठमाडौं । नेपाल एसबिआई बैंकले सेयरधनीलाई १५.७९ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । बैंकले आर्थिक बर्ष २०७४/७५ को नाफाबाट उक्त लाभांश प्रस्ताव गरेको हो।

बैंकले ५ प्रतिशत बोनस शेयर र १०.७९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । बैंकले प्रस्ताव गरेको लाभांश साधारणसभा र नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि मात्रै शेयरधनीले पाउने छन ।

गत बर्ष बैंकले १६.२३ प्रतिशत लाभांश दिएको थियो । गत बर्ष बैकले एक अर्ब ८९ करोड रुपियाँ नाफा गरेको थियो। चालु आर्थिक बर्षको पहिलो त्रैमासमा बैंकले ४८ करोड ५३ लाख रुपियाँ नाफा गरेको छ।

पहिलो त्रैमासको वित्तीय विवरण अनुसार हाल बैंकको चुक्ता पूँजी आठ अर्ब चार करोड रुपियाँ छ । बोनस शेयर वितरणपछि बैंकको चुक्ता पूँजी आठ अर्ब ४४ करोड रुपियाँ पुग्ने बैंकले जनाएको छ । बैंकको जगेडा कोषमा पाँच अर्ब २६ करोड रुपियाँ छ ।

Advertisement

Advertisement

Advertisement