बुटवल– नारायणगढ सडक विस्तारको तयारी : चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता गरिने

Advertisement

वुटवल । बुटवल– नारायणगढ १ सय २५ किलोमिटर दूरीको सडक विकासका लागि चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता गरिने भएको छ ।

दुईवटा प्याकेजमा विस्तार गर्न लागिएको सडक स्तरोन्ती कार्यका लागि दुई साताभित्र चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता गर्न लागिएको हो ।

दुवै प्याकेजको ठेक्का सम्झौता चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरसनले गर्ने एडीबीका सडक निर्देशक सरोजकुमार प्रधानले बताए ।

उनका अनुसार एउटै प्याकेजमा विस्तार कार्य ढिला हुने भएकाले पहिलो प्याकेजमा नारायणगढदेखि दाउन्नेसम्म र दोस्रो प्याकेज अन्तर्गत बाँकी बुटवलसम्मको निर्माण कार्य गरिने छ ।

कम्पनीले बुटवल नारायणगढ सडकखण्ड मर्मत सम्भारको काम ५ वर्षसम्म ठेक्का लिएकोे छ । सडक मर्मतसम्भार र विस्तारपछि, तीन घण्टा लाग्ने बुटवल नारायणगढ, कम्तीमा १ घण्टा ३० देखि ५० मिनेटभित्रै पुग्न सकिने छ ।

दुई लेनको नारायणगढ बुटवल सडकखण्डलाई अब ४ लेनको बनाउने सडक विभागको तयारी छ । सडकको दुई/दुई लेनको बीच भागमा बिरुवा रोपिने छ ।

सडक विस्तारपछि बुटवल नारायणगढ सडक विदेशका भन्दा कम नहुने पनि दाबी गरिएको छ ।

Advertisement

Advertisement

Advertisement