किनबोनको आधिकारिक विक्रेता गोर्खा इको प्यानल

Advertisement

काठमाडौं । चीनको विश्वप्रसिद्ध कम्पनी किनबोनबाट उत्पादित सामानहरुको नेपालको लागि आधिकारिक विक्रेता गोर्खा इको प्यानल भएको छ ।

गोर्खा इको प्यानलको भगिनी संस्था गोर्खा प्रिकाष्ट एण्ड विण्डोर प्रालिले त्यसको आधिकारिक विक्रेताका लागि सम्झौता गरेको छ । यसको लागि गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एवं गोर्खा विण्डोरका सञ्चालक ईन्जिनियर कृष्णभक्त दुवाल र किनबोनका प्रबन्धक मेलिसा दोङले चीनमै संयुक्त हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर कार्यक्रममा प्रबन्धक दोङले आफना उत्पादनमा १० वर्ष वारेन्टी रहेको बताइन् । साथसाथै कलर नखुइलिने पनि उनले जनाइन् । १४ वर्ग किलोमिटर क्षेत्रफलमा सन् १९९९ मा स्थापित किनबोन चीनकै सवैभन्दा ठूलो यूपीभीसीको उत्पादनकर्ता कम्पनी हो । भारतका मुख्य सहरहरु दिल्ली, चेनाई, हैदराबादमा पनि आउटलेट राखेको किनबोनले नेपाली बजारमा पनि आफनो यूपीभीसी प्रबद्र्धन गर्न गोर्खा विण्डोरलाई आधिकारिक विक्रेता दिएको उनले जनाइन् ।

किनबोन युपीभीसी झ्यालढोका उत्पादन गर्ने संसारकै प्रख्यात कम्पनी हो । किनबोनबाट उत्पादित सामानहरु संसारका २० भन्दा वढी देशहरुमा निर्यात भइरहेका छन् । अमेरिका, भारतलगायतका देशहरुमा उसका सामानहरु विक्रीवितरण भइरहेका छन् ।
गोर्खा विण्डोरले किनबोनका यूपीभीसी सामानहरु आफूले बनाउने झयालढोकामा प्रयोग गर्नुका साथै अरु कम्पनीहरुलाई पनि बेच्न यो आधिकारिक विक्रेता लिएको जनाएको छ ।

गोर्खा विण्डोरका सञ्चालक इन्जिनियरि कृष्णभक्त दुवालले आफूहरुले विगत दुई वर्षदेखि विभिन्न देशका विभिन्न ब्राण्डका यूपीभीसीहरु आयात गरी झयालढोका बनाउँंदै आएको र किनबोनको सामान उत्कृष्ट रहेकाले यसपाली नेपालमा प्रबद्र्धन गर्न आधिकारिक विक्रेता लिएको जनाए ।

Advertisement

Advertisement

Advertisement