घुस सहित घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख प्रशिक्षक पक्राउ

Advertisement

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस सहित दुई जनालाई पक्राउ गरेको छ।

आयोगको टोलीले मङ्गलबार घरेलु तथा साना उद्योग कार्यालय काठमाडौंका प्रमुख प्रशिक्षक (पाँचौँ तह( सरिफा पन्त र कार्यालयमा बिचौलियाको काम गर्ने खगेन्द्र बोहोरालाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता रामेश्वर दंगालले बताए।

उनीहरूले घरेलु उद्योग दर्ताको लागि घरधनीको नागरिकता प्रमाणपत्र नरहेकाले लाहाछाप लगाउने उद्योगको अनुमति दिन नमिल्ने भनी सेवाग्राहीसँग विभिन्न बहाना बनाइ घुस वापत ५ हजार रुपियाँ लिएको प्रवक्ता दंगालले जानकारी दिए।

Advertisement

Advertisement

Advertisement