एपिक नेपाल'म्युजिक अवार्ड' माघ ४ गते हुँदै

Advertisement

काठमाडौं। एपिक नेपाल म्युजिक कम्पनिले 'म्युजिक अवार्ड' २०७५ आयोजना आयोजना गरेको छ । 'कला र गलाको संरक्षण हाम्रो अभियान' भन्ने मूल उदेश्यलाई लिएर आयोजना गरेको यो कार्यक्रम माघ ४ गते शुक्रबार दिन ठमेल स्थित छाया सेन्टरमा आयोजना हुने भएको छ ।

कार्यक्रममा संगीतका धरोहर एबम सम्मानित व्यक्तित्वहरु उपस्थिति रहने उक्त अवार्ड समारोहमा लोक गीत, आधुनिक, पप र लोक पप , तामाङ सेलो, मेंदोमाया ,काठे भाका ,देउडा गीत, पुर्बेली भाका र दशैँ तिहार विधामा कलाकारहरु सम्मानितहुने कम्पनीले जनाएको छ । उक्त अवार्ड कुल ६६ विधामा आयोजना गरिएको आयोजकले जनाएका छन्।

कार्यक्रममा नेपाली सुगम संगीतका धरोहर प्रेरणाको श्रोत भजन सिरोमणि भक्तराज आचार्य र बरिष्ठ लोक गायक कुमार बस्नेत नगद सहित लाईफटाईम एचिभमेन्ट अवार्डबाट सम्मानित हुने भएका छन् । त्यसैगरी पत्रकार रबि लामिछाने, रेडियो काठमाडौं एफ। एम। का चन्द्रमणि गौतम, अन्नपूर्ण दैनिकका अनन्त वाग्ले ,नया पत्रिका दैनिकका लक्ष्मण सुबेदी ,कान्तिपुर साप्ताहिकका कृष्ण भट्टाराई, डीस होमबाट बिकास लामिछाने ,नेवा अनलाईनबाट विजयरत्न तुलाधर, सुन्दारादेबी संदेश साप्ताहिकबाट किरण अधिकारि ,एबिसी टेलिभिजनबाट बिनोद बि.क ,टिभी टुडेबाट रमेश बस्नेत ,मिलाप मासिकबाट गीता अधिकारि ,म्युजिक खबरबाट सबिता पोखरेल, पावर न्युजबाट कमला जोशी ,म्युजिक डायरीबाट तुलसी गिरी ,प्रकाश साप्ताहिकबाट दिपक पाण्डे ,मिर्मिरे एफ।एमबाट श्री राजु बोहोरा लगायतका संचारकर्मीहरु एपिक नेपाल कला पत्रकारिताबाट सम्मानित हुने भएका छन्।
कार्यक्रम संचालक श्री दिनेश डिसीले संचालन गर्ने तय भएको छ ।

Advertisement

Advertisement