‘गोरखा वारियर’ हेरेपछि के भने ओली र लिङदेनले ?

Advertisement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नयाँ चलचित्र ‘गोरखा वारियर’को प्रिमियर शो हेरेका छन् । 

चलचित्र हेरेर बाहिर निस्किएपछि ओलीले गोरखा वारियर फरक फरक भाषामा बिस्तारित गर्नुपर्ने बताए । उनले चलचित्र गोरखा वारियर नेपालीहरुको इतिहासको एउटा कालखण्डलाई प्रभावकारी ढंगले बनाइएको बताउँदै नेपालीको बहादुरी गाथालाई चलचित्रमा प्रश्तुत गरिएको बताए । 

Advertisement

चलचित्रसँगै यसमा अभिनय गर्ने कलाकारहरुको अभिनय जीवन्त रहेको ओलीको भनाई छ । उनले विभिन्न भाषामा चलचित्र प्रश्तुत गर्दा विश्वबजारमा आफैँ गोरखा वारियरले बजार बिस्तार र प्रतिष्पर्धा गर्ने बताए । 

ओलीले भने, ‘हाम्रो नेपालीहरुको इतिहासको एउटा कालखण्डलाई एउटा पाटोलाई अत्यन्तै प्रभावकारी ढंगले प्रश्तुत गरिएको छ । हाम्रो बहादुरी जसले हामीलाई गोरखाको रुपमा चिनायो । साथै मानवीयताको पक्षमा, भावनाका पक्ष, मानवीय समवेदनका पक्ष, परिवार सम्झिरहने, त्यो पक्षहरु साथै अरु पक्षहरु सुन्दर ढंगबाट प्रश्तुत गरिएको छ । कथा सुन्दर छ । कलाकारहरुको अभिनय जीवन्त जस्तै छ । यसलाई अभिनय भन्न मिल्दैन । नेपाली फिल्महरुमा यति अभिनयलाई सजीव बनाइएको कमै छ । यो सिनेमालाई अरु भाषाहरुमा पनि नविकरण गरेर लैजाँदा विश्वव्यापी रुपमा आफ्नो बजार बिस्तार आफैँ गर्दछ ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङङदेनले चलचित्र गोरखा वारियर योद्धाहरुको कथा समेटेर निर्माण गरिएको चलचित्र भएको बताए । उनले नेपाललाई चिनाउने महत्वपूर्ण कुरामध्ये गोरखा पनि एउटा रहेको बताउँदै विश्व समुदायसँग नेपाल र नेपालीलाई परिचित गराउने भनेको गोरखाली नाम र योद्धाहरुको कथा समेटेर निर्माण गरिनुले नेपालीको पहिचान र बहादुरी विश्वमाझ झनै बलियोका साथ पुगेको बताए । 

लिङदेनले चलचित्र यथार्थपरक र जीवन्त भएको बताउँदै भने, ‘नेपाललाई चिनाउने केही महत्वपूर्ण कुराहरु छन्, त्यसमध्ये सबैभन्दा विश्व समुदायसँग नेपाल र नेपालीलाई परिचित गराउने भनेको गोरखाली नाम र योद्धाहरुको कथा समेटेर निर्माण गरिएको यो चलचित्र असाध्यै राम्रो, यथार्थपरक र जीवन्त छ । आम दर्शकलाई एकपटक हेरिदिन आग्रह गर्दछु ।’ उनले चलचित्र गोरखा वारियर नेपालीहरुले एकपटक हेर्नेपर्ने चलचित्र रहेको बताए । 

Advertisement

Advertisement