सगरमाथा इन्स्योरेन्स र चिरायु अस्पतालबीच सम्झौता

Advertisement

काठमाडौं।  सगरमाथा इन्स्योरेन्स कम्पनी र चिरायु अस्पतालबीच अस्पतालले प्रदान गर्ने सुबिधाहरुमा छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

सम्झौता पत्रमा सगरमाथा ईन्स्योरेन्सका तर्फबा६ प्रमूख कार्यकारी अधिकृत चंकी क्षेत्री र चिरायु अस्पतालका तर्फबाट प्रमूख कार्यकारी अधिकृत चण्डेश्वर नन्दराज बैद्यले स्वास्थ्य उपचार सेवा सम्वन्धि हस्ताक्षर गरेका थिए ।

उक्त सम्झौता  अनुसार सगरमाथा इन्स्योरेन्स कम्पनीबाट उपलब्ध गराईएको भीआइपी कार्ड प्रयोगकर्ताहरुका लागी र कम्पनीका कर्मचारीहरुलाई चिरायु अस्पतालमा उपचार गर्दा अस्पतालले प्रदान गर्ने बिभिन्न सेवा सुबिधामा छुट पाउने छन् ।

 

Advertisement

Advertisement

Advertisement