३३ किलो सुन काण्डका अभियुक्तलाई छुटाउने उच्च अदालतका न्यायधीश कारबाहीमा

Advertisement

काठमाडौं । चर्चित ३३ किलो सुनकाण्डमा प्रहरीले पक्राउ गरी मुद्दा चलाएका अभियुक्तहरुलाई धरौटी र साधारण तारेखमा छाड्न आदेश दिने विराटनगर उच्च अदालतका पाँचजना न्यायधीशलाई कारबाही गरिएको छ ।

गलत नियतले न्याय सम्पादन गरेको भन्दै उच्च अदालतका पाँचजना न्यायाधीशलाई कारबाही स्वरुप न्यायपरिषद सचिवालयमा तानिएको हो ।

चोलेन्द्र शमशेर जबराले प्रधानन्यायाधीश भए लगतै गठन भएको न्यायिक निगरानी संयन्त्रले अध्यानको क्रममा गडबडी भेटेपछि उनीहरुलाई सामूहिक रुपमा सचिवालयमा तानिएको स्रोतले बताएको छ ।

कारबाहीमा पर्ने न्यायाधीशहरुमा थीरबहादुर कार्की, नागेन्द्र लाभ कर्ण, उमेशकुमार सिंह, सारङ्गा सुवेदी र उमेशराज पौडेल छन् । यी पाँच न्यायाधीशलाई काजमा झिकाउन सर्वोच्च अदालतबाट पत्र तयार भएको स्रोतले जनाएको छ

साढे ३३ किलो सुन तस्करी प्रकरणमा मोरङ जिल्ला अदालतले चालक र लोडरलाई सामान्य तारिखमा छाडेर अरु अभियुक्तलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको थियो ।

यसअघि ललितपुर जिल्लाका एक न्यायाधीश पनि कारवाहीस्वरुप न्यायपरिषदमा तानिएका थिए ।

Advertisement

Advertisement

Advertisement