रुपन्देहीको मानपकडीेमा गण्डकी विकास बैंकको नयाँ शाखा

Advertisement

काठमाडौं। गण्डकी विकास बैंकले रुपन्देहीको मानपकडीेमा नयाँ शाखा कार्यालय विस्तार गरेको छ ।

शाखाको उद्घाटन गर्दै रुपन्देही क्षेत्र नं. ३ का प्रदेश सभासद तुल्सी प्रसाद चौधरीले बैंकले ग्रामीण भेगका साना साना निक्षेपकर्ताहरुको हित र साना साना व्यवसायको प्रर्वदनमा टेवा पुर्याउन आग्रह गर्दै बैंकलाई यस मानपकडीमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए ।

बैंकले आफ्ना सबै  शाखाहरुबाट पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ । बैंकले उक्त शाखाहरुबाट निक्षेप संकलन, सर्वसुलभ कर्जा प्रवाह गर्नुका साथै एबिबिएस, एटिएम, ईसीसी, आईपिएस, सीआस्वा, मोबाइल बैंकिङ सेवा, लघुवित्त सेवा, रेमिट्यान्स लगायतका सेवाहरु प्रदान गरिरहेको छ ।

Advertisement

Advertisement

Advertisement