मेगा बैंकको एकैदिन १८ वटा नयाँ शाखा सञ्चालनमा

Advertisement

काठमाडौं । मेगा बैंकले आइतबार एकै दिन १८ वटा शाखा विस्तार गरेको छ । बैंकले चार वटा नगरपालिका र १४ वटा गाउँपालिकामा शाखा सञ्चालनमा ल्याएको हो ।

जसमध्ये नगरपालिकाहरुमा तनहुँको भानु, रुपन्देहीको सैनामैना, सिराहाको लहान र स्याङ्जाको भीरकोटमा मेगा बैंकको नयाँ शाखाले औपचारिक कारोबार सुरु गरेका छन् ।

यसैगरी, गाउँपालिकातर्फ धादिङको त्रिपुरासुन्दरी, गोरखाको भीमसेन, सिन्धुपाल्चोकको हेलम्बु, इन्द्रावती र पाँचपोखरी, सर्लाहीको रामनगर, सिराहाको विष्णुपुर, धनुषाको लक्ष्मीनियाँ, पाँचथरको कुमायक, इलामको रोङ, ओखलढुंगाको खिजिदेम्बा, उदयपुरको रौतामाई, बर्दियाको गेरुवा, प्युठानको ऐरावतीमा बैंकको शाखा सञ्चालन गरिएको छ । यसअघि गत बिहीबार धादिङको ज्वालामुखी गाउँपालिकामा मेगा बैंकको नयाँ शाखा उद्घाटन गरिएको थियो ।

योसँगै मेगा बैंकका देशभर १०२ शाखा पुगेको छ । त्यसबोहक बैंकको १९ वटा एक्सटेन्सन काउन्टर, ८५ वटा एटीएम सञ्जाल, ११९ वटा शाखारहित केन्द्र र २३ सय भन्दा बढी मेगा रेमिट एजेण्ट रहेका छन् ।

Advertisement

Advertisement

Advertisement