सामान्य कार्यक्रम उदघाटन गर्न हेलिकप्टर चढेरै भए पनि आए मुख्यमन्त्री राई

Advertisement

ओखलढुंगा । गाडिको सामान्य शोरुम उदघाटन गर्न प्रदेश १ का मुख्यमन्त्री राई हेलिकप्टर चढेरै भए पनि सहभागी भएका छन् । सिद्धिचरण नगरपालिकाको वर्णालुमा रुम्जाटार अटोमोबाइल्सले सञ्चालनमा ल्याएको शोरुम उद्घाटन उनी सोमबार बिहान हेलिक्टर लिएर आएका हुन् ।

यसअघि सामान्य बिरामी हुँदा केन्द्रलाई जानकारी नदिई उपचारका लागि बैंकक पुगेको र त्यहींबाट विवादास्पद कार्यक्रममा भाग लिन अमेरिका गएको भन्दै चर्को आलोचना खेपेका राईले एक अटोमोवाइल कम्पनीले खोलेको शोरुम उदघाटन गर्न ओखलढुँगा आइपुगेका हुन् ।

ससाना कुरामा अल्झिएको भन्दै आफ्नै पार्टीका नेताहरुबाट आलोचना खेप्दै आएका राईले फेरि विवादमा आउने काम गरेका हुन् । सोलुखुम्बुको पत्ताले हुँदै रुम्जाटार आएको आएको मुख्यमन्त्री राई नेतृत्वको टोलीले पत्तालेमा केही समय हेलिकप्टर अवतरण गरेर हिमपात भएको क्षेत्र र महालंगुर हिमशृंखला मनोरम दृश्यको समेत अवलोकन गरेको थियो ।

केहीबेर स्थानीयको कुरा सुनेपछि उनी प्रदेश साँसद अम्बिरबाबु गुरुङको लगानी रहेको शोरुम उदघाटन गर्न बर्णालुतर्फ उँडेका थिए । नेकपाका ओखलढुङ्गाका स्थानीय नेता कार्यकर्ताले पटक पटक मुख्यमन्त्री राई जिल्ला सदरमुकाम आए पनि आफूहरुलाई नभेटी एकैछिन बसेर फर्किने गरेको भन्दै उनीप्रति असन्तुष्टि जनाउँदै आएका छन् ।

Advertisement

Advertisement

Advertisement