महालक्ष्मी विकास बैंकको खुद नाफा घट्यो

Advertisement

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा महालक्ष्मी विकास बैंकको खुद नाफा ४ प्रतिशतले घटेको छ । बैंकले यस दोस्रो त्रैमासमा १९ करोड ७६ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ । गतवर्षको यसै अवधिमा बैंकले २० करोड ५४ लाख रुपियाँ खुद नाफा आजर्न गरेको थियो ।

बैंकको कर्मचारी खर्च र अन्य व्यवस्थापन खर्चको आकार बढ्दा खुद नाफामा गिरावट आएको बैंकले जनाएको छ । बैंकले कर्मचारी व्यवस्थापनमा १८ करोड ८ लाख रुपियाँ खर्च गरेको बैंकले १३ करोड १२ लाख रुपियाँ अन्य सञ्चालन खर्च गरेको छ । बैंकले गतवर्षको तुलनामा कर्मचारी खर्च ५६ प्रतिशत र अन्य सञ्चालन खर्चमा २४.३१ प्रतिशतले बढाएको देखिन्छ ।

पुस मसान्तसम्ममा २८ अर्ब ८९ करोड ७६ लाख रुपियाँ निक्षेप संकलन गरेको बैंकले २५ अर्ब ३६ करोड ४८ लाख रुपियाँ ऋण लगानी गरेको तथा  बैंकको चुक्ता पूँजी दुई अर्ब ८४ करोड ४५ लाख रहेको बैंकको जगेडा कोषमा एक अर्ब ५ करोड ९ लाख रुपियाँ सञ्चित  बैंकले जानकारी दिएको छ ।

बैंकले चालुआर्थिक वर्षको ६ महिनामा ६२ करोड ५८ लाख रुपियाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा बैंकको खुद ब्याज आम्दानी १७ करोड १४ लाख अर्थात ३७.७ प्रतिशतले बढेको हो ।

बकैंकमा निष्कृय कर्जा अनुपात ४.४१ प्रतिशत छ । प्रतिशेयर आम्दानी १३ रुपियाँ ९० पैसा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १३६ रुपियाँ ९५ पैसा रहेको बैंकले जनाएको छ ।

Advertisement

Advertisement