प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गर्दै ओलीले भने– नेपालीका दुःखका दिन गए

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपालीहरु भोकको शोक र जाडोमा कठ्यांग्रिएर बस्नु पर्ने अवस्था नरहने जिकिर गरेका छन् । ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ शुभारम्भ गर्दै बुधबार उनले नेपालीहरुको दुःखका दिन गएको तर्क प्रस्तुत गरे ।

ओलीले यस कार्यक्रमले देशका सबै नेपालीले न्युनतम रोजगार पाउने भन्दै रोजगारमा सामेल हुननसक्ने व्यक्तिलाई मात्र सरकारले भत्ताको व्यवस्था गरेको बताए । यो अभियानले राष्ट्रका हरेक व्यक्तिको उन्नती र प्रगतीमा ठूलो भूमिका खेल्ने उनको तर्क छ ।

प्रधानमन्त्री ओलीले श्रम विभेद पूर्णरुपमा हटाइने भन्दै नेपालका ६० प्रतिशतभन्दा बढी क्रियाशील जनसंख्या स्वदेशमै रहेको र ४० प्रतिशत भन्दा बढि युवा जनशक्ति भएकाले श्रम तथा पसिना नेपालमा नै बगाएर मुलुकको उन्नती गर्न सकिने बताए ।

उनले देशको विकासको लागि बाटो भेटिसकेको तर्क गरे । उनले स्पष्ट नीति, गन्तव्य, उद्देश्य तथा लक्ष्य लिएर देश अघि बढेको भन्दै यो प्रगतिलाई रोक्ने काम नगर्न सल्लाह दिए । ओलीका अनुसार नेपालमा रोजगारीका लागि प्रशस्त ठाउँ खाली छ । कृषि, पर्यटन, सुचना प्रविधि, पूर्वाधारलगायतका कुरामा देशमा रहेका युवाहरुलाई जागरण गरेर अघि बढ्न सकिन्छ । ।

ओली भन्छन्– मानव भन्दा ठूलो शक्ति केही होइन् । रोबट र कम्प्युटर पनि मानिसले नै बनाएका हुन् । मानिसको वुद्धि विवेकले गर्दा नै यो संसार चलेको हुनाले अझै यसले गति लिने छ ।’

उनले निर्यातमा वृद्धि, आयआर्जनमा वृद्धि, आत्मविश्वासमा वृद्धि, सीपको विकासलगायतका सबै कुरामा सकारात्मक परिवर्तन आउने जिकिर गरे । ओलीले आफ्नो पार्टीमा फुट ल्याउने प्रयास भइरहेको भन्दै तर, त्यो सफल नहुने दाबी छ । बाआमालाई एकअर्काबारे कुरा लगाएर झगडा गराए जस्तो नेकपामा पनि समस्या ल्याउने प्रयास भइरहेको भन्दै उनले यो प्रयास सफल हुन्छ भन्ने नसोच्न आग्रह गरे ।

Advertisement

Advertisement

Advertisement