राजसंस्थासहितको हिन्दुराज्य माग्दै प्रधानमन्त्रीलाई राप्रपाको ज्ञापनपत्र

Advertisement

काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्थासहितको हिन्दुराज्य माग्दै प्रधानमन्त्री केपी ओलीलाई मंगलबार ज्ञापनपत्र बुझाएको छ । प्रजातन्त्र दिवसको अवसर पारेर राप्रपाले ज्ञापन पत्र बुझाएको हो ।

सो पार्टीले मुलुकमा हिन्दु राष्ट्र कायम गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्ने, राजसंस्थाको पुनस्थापना गर्नुपर्ने लगायतका माग रोखेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापन पत्रमा धर्म निरपेक्षताको तत्काल खारेजी गर्न र राजसंस्थासहितको प्रजातन्त्रका लागि सर्वपक्षीय गोलमेच सम्मेलन आयोजना गर्न पनि सरकारसँग माग गरिएको छ ।

पार्टीले प्रजातन्त्र दिवसको अवसर पारेर मुलुकमा हिन्दु राष्ट्र कायमै गर्न र राजतन्त्र पुनस्थापनाका लागि सरकारलाई दबाव दिन भन्दै जनसंघर्षका कार्यक्रम घोषणा गरेको छ ।

यता, प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वार्थमा केन्द्रित भएर अघि बढ्न राजनीतिक दलहरुलाई आग्रह गर्दै दलीय स्वार्थभन्दा माथि उठेर मुलुकको हितमा केन्द्रित हुने गतिविधिलाई सरकारले साथ दिने बताए ।

ओलीले मुलुकको सार्वभौमसत्ता, राष्ट्रिय स्वाधिनता र अखण्डताको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै अघि बढ्न सरकार क्रियाशील रहेको बताए ।

Advertisement

Advertisement

Advertisement