रिलायन्स फाइनान्सको एक लाख ८८ हजार कित्ता सेयर बाँकी, फेरि सेयर बिक्री प्रक्रियामा

Advertisement

काठमाडौं। रिलायन्स फाइनान्स लिमिटेडको संस्थापकको एक लाख ८८ हजार आठ सय ७४ कित्ता शेयर बाकिँ रहेको छ ।
वित्तीय संस्थाले गत साउन ८ देखि १६ गतेसम्म बिक्री खुला गरेको संस्थापक समूहतर्फको नि लाख एक हजार दुइ सय ७४ कित्ता शेयरमध्ये जम्मा एक लाख १२ हजार चार सय कित्ता मात्रै बिक्री भएको थियो । बाँकी बिक्री नभएको उक्त एक लाख ८८ हजार कित्ताको लागि यो वित्तीय संस्थाले पुन लिलामीबाट शेयर बिक्रीको सूचना निकालेको छ । यसको शेयर मूल्य बजारमा प्रतिकृत्ता एक सय १५ मा कारोबार भइरहेको छ ।

यसले यही आगामी चैत्र १ गतेभित्र आवेदन दिइसक्नुपर्ने गरी शेयर बिक्री खुला गरेको छ । यसको बिक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेड हो ।

Advertisement

Advertisement

Advertisement