एक क्लीकमा टिभीएस एनटर्क स्कुटर जित्ने अवसर

Advertisement

काठमाडौं । टिभीएस स्कुटर र मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले भाइवरसँग सहकार्य गरेको छ । भाइवरले जगदम्बा मोटर्स् ब्राण्डको टिभीएसका कस्टुमाइज स्टीकर प्याकहरु सार्वजनिक गरेको छ ।

अडियन्सहरुले भाइवरमा रहेको 'लभ एट् फस्ट राइड' नामक स्टीकर डाउनलोड गरेर टिभीएस एनटर्क स्कुटर जित्नुका साथै थुप्रै रमाईला र आकर्षक उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

भाइवरसँग सहकार्य गरेर उपभोक्ताहरुलाई हाम्रो ब्राण्डमा डिजिटल्ली जोड्न पाउँदा निकै उत्साहित भएको जगदम्बा मोटर्स् प्रा. लि. का भाइस् प्रेसिडेन्ट दीपक अग्रवालले बताए । यस योजनामार्फत उपभोक्ताहरुले थप्रै रमाईला र आकर्षक एवम् ग्राण्ड उपहारहरु जित्ने अवसर प्राप्त गर्न सक्नेछन् ।

Advertisement

Advertisement

Advertisement