एनसेलको कार्यालयमा बिस्फोट गराइयो, तीन जना घाइते

Advertisement

ललितपुर । नक्खुस्थित एनसेलको कार्यालयको गेटमा बम विस्फोट गराइएको छ। शुक्रबार राति भएको विस्फोटमा तीनजना घाइते भएका छन् ।

घाइते हुनेमा प्रतिक्षा खड्का, सिंहप्रसाद गुरुङ र उरुसा मानन्धर रहेका छन् । सातदोबाटो प्रहरी कार्यालयका डीएसपी गौतम मिश्रका अनुसार गुरुङको अवस्था भने गम्भीर रहेको छ । उनीहरुको अल्का, बि एण्ड बी र मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।

घटना कस्ले घटाएको हो ? खुल्न सकेको छैन् । प्रहरीले भने घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement