एनआईसी एशियाको ‘उद्यमशील बचत खाता’ सार्वजनिक

Advertisement

काठमाडौं । एनआईसी एशिया बैंकले नेपाल उद्यमशील महिला महासंघसँग सहकार्य गरेर ‘उद्यमशील बचत खाता’ योजना ल्याएको छ । महिलाहरूलाई उद्यमशील बनाउने योजना सहित उक्त योजना सार्वजनिक गरेको बैंकले जनाएको छ।

यसबारे एनआईसी एशिया बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डे र महासंघको तर्फबाट महासंघकी अध्यक्ष देबिका बुढाथोकीले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौतासँगै अब महासंघको वार्षिक योजनामा परेका कार्यक्रमहरूमा आवश्यकता अनुसार महासंघका प्रतिनिधिहरूले उपलब्ध गराएको कागजात, कारोबार, मापदण्डलगायतका आधारमा बैंकले कर्जा प्रवाह गर्ने छ । व्यक्तिगत कर्जा २ लाख देखि १० लाख रुपैयाँसम्म उद्यमशील प्राकृतिक ब्यक्तिका लागि उपलब्ध गराइने छ ।

Advertisement

Advertisement