सर्वोच्च बार र जाइकाबीच सहकार्यका लागि छलफल

Advertisement

काठमाडौं । सर्वोच्च अदालत बार एशोसियशन र जापानको अन्तर्राष्ट्रिय सहयोग संस्था (जाइका)बीच छलफल भएको छ । छलफलमा एशोसियशनका तर्फबाट अध्यक्ष खगेन्द्र अधिकारी उपाध्यक्ष राजु खड्का, सचिव सुभनराज आचार्य, कोषाध्यक्ष सरोज घिमिरे सहभागी थिए ।

त्यस्तै, जाइकाको तर्फबाट परियोजना सल्लाहकार नोरिको मात्सुडाले प्रतिनिधित्व गरेको उपाध्यक्ष खड्काले बताए । छलफलमा सर्वोच्च बारले गर्दै आएका गतिविधि र आगामी कार्ययोजनाबारे जानकारी दिइएको थियो ।

जाइकाका परियोजना सल्लाहकार मात्सुडाले आगामी दिनमा जाइकाले सर्वोच्च बारसँग सहकार्य गर्नसक्ने बताए । सहकार्यका लागि विस्तृत छलफल जरुरी रहेकोले चाँडै फेरि भेटवार्ता गर्ने सहमति भएको खड्काले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement