'टोयोटा रश रोड शो' सफलतापुर्वक सम्पन्न

Advertisement

काठमाडौं । युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालि(युटिएस)को टोयोटाले 'टोयोटा रश रोड शो”'को आयोजना भएको छ । सात दिने यस कार्यक्रम काठमाडौ– चितवन – बुटवल – काठमाडौ भई सफलतापूर्वक सकियो । कम्पनीले चितवन र बुटवलका उपभोक्तालाई प्रमुख लक्षित गरी  यस कार्यक्रम दुवै शहरहरुमा २ दिन संंचालन गरेको हो ।

फागुन ८ गते देखि सुरुवात गरिएको सो कार्यक्रम, करिब १७० किमिको यात्रा गरी सयौं ग्राहकहरुलाई सक्रियता पुर्वक सहभागि गराई यही फागुन १४ गते काठमाडांैमा फर्की टुंगिएको छ ।  चितवनमा ३ वटा रोड शो र बुटवलमा १ वटा रोड शो साथै दुवै शहरहरुमा अवस्थित अटो वेज प्रालिमा शोरुम इन्टर्याक्सन पनि गरिएको छ ।

यस कार्यक्रमले निकै सकारात्मक प्रतिक्रिया प्राप्त गरेको र अप्रत्याशित रुपमा ग्राहकहरुको सहभागिता दुवै शहरहरुमा देखिएको छ । यस रोड शो ले दुवै शहरहरुमा ८० जना ग्राहकहरुलाई शो रुम इन्टर्याक्सन गराई अन स्पट १० वटा टोयोटा बुकिङ गर्न लिन सफल भएका कम्पनीले जनाएको छ ।

सो कार्यक्रममा रहेको विभिन्न सुविधा, जस्तै न्युनतम डाउन पेमेन्ट, नगद छुट, एक्सचेन्जबोनस, १ वर्षको इन्सुरेन्स, १ वर्षको सडक कर र टेस्ट ड्राइभमा उपहारहरुले यस रोड शोलाइतुलनात्मक रुपमा प्रतिष्पर्धीहरु भन्दा निकै अगाडी रहेको र सोहि गतिमा बढ्ने कुरा साबित गरेको छ । “यस कार्यक्रमले परम्परागत बिक्रिशैलीलाई एउटा नयां स्वरुप दिएको छ । हामीहरु यस कार्यक्रममा देखिएको सहभागिताले निकै खुसि र उत्प्रेरित भएका छौं र आगामीदिनहरुमा यस्तै किसिमका कार्यत्रक्रम देशका अन्य शहरहरुमा पनि संचालन गर्ने छौ ।”युटिएसका अधिकारीहरुले भने ।

टोयोटाले परम्परागत शैलीलाइनया बाटो तर्फ लागि आधुनिक र रचनात्मक ढंगले उत्पादन र सेवालाइ अगाडी लगि रहेको छ । टोयोटाले ग्राहकहरुको फाइदा र चासोलाइ मध्यनजर गरि अझ नयाँ कार्यक्रमको आयोजना गर्ने सो कम्पनिकोे उदद्दश्य रहेको छ ।

Advertisement

Advertisement

Advertisement